काठमाडौं । एमालेका नेता डा. भीम रावलले भारतीय प्रधानमन्त्रीको कालापानी क्षेत्रको पछिल्लो भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल चुइक्क नबोलेको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सडकमा लाखौं मानिस उतार्ने धम्की कसलाई दिनुभएको हो ? भन्दै प्रश्न रावलले प्रश्न समेत गरेका छन् ।
सोमबार प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाद्वारा धनगढीमा आयोजित कार्यक्रममा सडकमा लाखौं मानिस उतार्ने बताएपछि रावलले सामाजिक संजालमार्फत यस्तो प्रश्न गरेका हुन् ।
उनले अतिक्रमित नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको प्रवेशबारे केही नबोल्ने तर सडकमा मानिस उतार्ने आफ्नो लागि या विदेशी हस्तक्षेपका विरोधीलाई हो ? भनी व्यंग्य समेत गरेका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र भारतीय प्रधानमन्त्रीले नेपालको बिना जानकारी भ्रमण गरेर नांगो हस्तक्षेप गरेको उनले बताए ।
सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो? आफैलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई?
— Bhim Rawal, PhD (@BhimRawal179) October 17, 2023




















