काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले पार्टीभित्रको अराजकतालाई एक इन्च पनि स्वीकार नगर्न पनि पार्टीका प्रशिक्षकहरुलाई निर्देशन दिए ।
शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनवाद मात्रै बुझ्ने, केन्द्रियतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाधिएको मानिस पार्टीमा हुनै नसक्ने बताए । अध्यक्ष ओलीले पार्टी भित्र सुदृढ अनुशासन चाहिएको बताए ।
ओलीले नीति र विधिबिनाको पार्टी हुनै नसक्ने बताए ।




















