काठमाडौं । शेखर कोइराला उपस्थित नभएपछि नेपाली कांग्रेसको कार्यसम्पादन बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा बोलाएको बैठकमा कोइराला अनुपस्थित भएका हुन्।
३ बजे बोलाइएको बैठकमा ५ बजेसम्म पनि कोइराला उपस्थिति हुने नदेखिएपछि बैठक स्थगित भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। बैठक शनिबार पनि बस्ने उनले बताए ।
बैठकमा २०५१ सालको घटना दोहोरिएको शीर्ष नेतृत्व तहको निष्कर्ष रहेको उनको भनाइ छ।
कोसीमा गठबन्धनकै सरकार बन्ने भन्दै उनले कांग्रेसले त्यस घटनालाई गम्भीरताका साथ लिएको बताए ।
उनले कोसीमा विद्रोहभन्दा पनि असन्तुष्टि रहेको बुझिएको बताए । विद्रोह हो भने त्यसलाई कांग्रेसले सामान्यरूपमा नलिने उनको भनाइ छ ।
कोसीको विषयमा गठबन्धनभित्र निरन्तर छलफल भइरहेको उनले बताए ।




















