विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब बढेको छ। कार्कीले संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा दाबी गरेका छन्।
कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित दबाब दिन ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सशरीर उपस्थित भएर उनीहरूले मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन लागेका हुन्। कार्की र नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।




















