काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।
राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब आफूहरूलाई त्यो बाध्यता नरहेको बताए ।
दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको टिप्पणी समेत गरे ।




















