काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट प्रहरीले एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै जाँदा आक्रमण गर्न खोजेको भन्दै दुई राउण्ड गोली चलाएर लुटेरालाई नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ घर भएका ३६ वर्षीय अमर घलान घाइते भएका छन् । उनको उपचार मेडिकल कलेजमा भइरहेको बताइएको छ ।
सर्लाहीका ३६ वर्षीय सन्त लामा र सिन्धुपाल्चोकका ३० वर्षीय जितेन लामा पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट पेस्तोल र गोली बरामद भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताएका छन् ।
घटनामा फरार रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



















