काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमी गुञ्जी भ्रमण गर्दा सरकारले किन जानकारी नगराएको भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा लामिछानेले नेपालको भूमीमा भ्रमण गर्दा नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई जानकारी भए/नभएको सदनलाई जानकारी गराउनसमेत माग गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी आज बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका थिए ।
लामिछानेले छिमेकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको भन्दै प्रश्न गरे । उनले सरकारले तत्काल सदन र जनतालाई जानकारी गराउनुपर्ने माग गरे । हामीले भोग गरेको र प्राप्त गरेको नक्सामा नेपाल भूभाग भएकाले कोही विदेशी आउँदा नेपाली जनताले जानकारी पाउनुपर्ने धारणा राखे ।




















