काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ । उपराष्ट्रपतिको सचिवालयका अनुसार डेंगी संक्रमणले बिरामी भएपछि उपराष्ट्रपति यादव सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ ।
यसैबीच राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । राष्ट्रपति पौडेलले टेलिफोन मार्फत उपराष्ट्रपति यादवलाई स्वास्थ्यलाभको कामना गर्नु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।



















