काठमाडौं । नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।
आज राति ११ बजे नेपाल एयरलायन्सको विमान नेपालीहरूलाई लिन इजरालय जाँदैछ।
सोही जहाजमा परराष्ट्र मन्त्री साउद इजरायल जान लागेको उनका स्वकीय सचिव दीपक जोशीले बताए । नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्।




















