काठमाडौं । बानेश्वर नजिक बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । काठमाडौं ३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारमा २० वर्षीय विकाश महराको शव भेटिएको प्रहरीले जनाएको छ ।
गोलढुंगा स्थायी घर भई अहिले शंखमुल बस्दै आएका महराको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सिरिञ्जको कभर १ थान, टिकटिके मोबाइल एक थान फेला परेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















