काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने बैठकमा संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउने बताइएको छ ।
त्यस्तै वैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।



















