काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल घटनाका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
इजरायल घटनामा सबै दल एक ठाउँमा उभिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेताहरूसँग छलफल गरेको माओवादी नेता हितराज पाण्डेले जानकारी दिए।
इजरायल घटनामा सम्पूर्ण दल एक ठाउँमा रहेको उनको भनाइ छ । इजरायल घटनाका सम्बन्धमा सरकारले गरिरहेका कामहरूबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको उनको भनाइ छ।
दलका नेताहरूले इजरायल घटनाका विषयमा आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गर्न सुझाव दिएका थिए। हमास आक्रमणमा मृत्यु भएका दस जनालाई यथाशिघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउनसमेत नेताहरूले सुझाव दिएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता ईश्वर पोखरेलले नेपालीहरूको उद्धारमा गम्भीर्यता देखाउन सरकारलाई आग्रह गरेका थिए । उनले सन्तुलित हिसाबले प्रस्तुत हुन आग्रहसमेत गरेको बताए ।




















