काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको परिवारलाई १० लाख दिने निर्णय गरेको छ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका परिवारलाई सो रकम दिने निर्णय गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको पुष्टि भएको छ ।



















