काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सच्चिन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सरकार सच्चिन नसके बाटो खालि गर्न सुझाव दिएका हुन् ।
उनले देश अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेकाले जताततै अराजकता रहेको उल्लेख गरे ।
कोइरालाले कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि उनलाई मानिरहन नपर्ने धारणा राखे । नेपाल कुनै पनि जाति विशेष नभएको बताउँदै कोइरालाले बहुजातिय, बहुभाषिक नेपालमा जातिय राज्य दिन नसकिने धारणा राखे ।
प्रधानमन्त्री प्रचण्डका गतिविधिप्रति विमत्ति राख्दै कोइरालाले पछिल्लो समय सरकारविरुद्ध निरन्तर आक्रोश व्यक्त गरिरहेका छन् । उनले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।




















