काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।
बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्रतण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए ।
उनले एमालेको बिरोध गर्न गिरिबन्धु टि स्टेट भने पनि गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौती दिए । उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुछिने दाबी गरे । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले सुन गाल्ने पाँचवटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए ।
अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरे पनि आफैँ परेपछि घटना सेलाएको बताए ।




















