जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस बिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।
मेची-महाकाली समाजवादी जागरण अभियानको क्रममा जनकपुरधाम पुग्नुभएका पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले बुधवार आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले अहिलेको संरचना र शक्ति सन्तुलन मिलाउन कँग्रेस अपरिहार्य भएको बताए । उनले प्रधानमन्त्री को बन्ने भनेर कसैले मुख मिठ्याउन आवश्यक नरहेको जिकिर गरे ।
उनले सरकारले केही राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको बताए । उनले यो सरकार अघि बढाउने पक्षमा आफूहरु रहेको बताए ।
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पादै उनले काँग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए ।




















