काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण गरेर मुड फ्रेस गरेर आएको भन्दै व्यङ्ग्य गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेले आफूले मुड फ्रेस गरेर आएपछि मूल्यवृद्धि गरेर जनताको मुड अफ गराएको टिप्पणी गरेका हुन्।
उनले आयाल निगम किन घाटामा गएको हो भन्दै प्रश्न गरेका छन्। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि गर्दा घटेका बेलामा किन घटाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रचण्ड दुई साता लामो विदेश भ्रमण गरेर शनिबार स्वदेश फर्किएका हुन् । सरकारले चाडबाडको मुखमा मूल्यवृद्धि गरेकोप्रति विरोध जनाउँदै प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक रास्वपाले बहिस्कार गरेको थियो ।