काठमाडौं । लामो समयपछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ४ वटा कार्यसूची छन् । जसमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
त्यस्तै शिक्षामन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक पेश गर्दैछन् । उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित सूचीमा रहेको छ ।
तर सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग बनाउने सहमतिबाट सरकार पछि हट्न खोजेको भन्दै एमालेले विरोध गर्ने तयारी गरेको छ । जसले गर्दा आजको वैठक अवरुद्ध हुने सम्भावना पनि छ ।
एमाले सचेतक महेश बर्तौलाले असोज ५ गते नै आयोग बनाउनुपर्ने सहमतिविपरीत सत्तारुढ दल अघि बढ्न खोजेको बताएका छन् ।