काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको निष्कर्ष निकालेको छ ।
बुधबार साँझ बसेको रास्वापाको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले सजाय माफी दिने व्यवस्थाको दुरुपयोग भइरहेको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए ।
कानुनको मर्म विपरित सरकारबाट हुने यस्ता सिफारिसका सम्बन्धमा सम्माननीय राष्ट्रपति समक्ष ध्यानाकर्षण पत्र पेश गर्ने रास्वपाको तयारी छ । रास्वपाले सदनबाट सरकारको जवाफ माग गर्ने र सदनमा संकल्प प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए । कैद कट्टा भएसँगै उनीहरु छुटेका छन् । जसमा कतिपय जन्मकैद सजाय पाएकाले पनि उन्मुक्ति पाएका छन् ।