काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी गरेका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोकापूर्ण सहमति गरी हजारौँ शिक्षकहरुको भावनामाथि कुठाराघात गरेको बताउँदै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ नगरी आफ्नो स्वार्थ अनुकूल सहमति गरेको बताए । उनका अनुसार शिक्षक महासंघले अस्थायी शिक्षकहरुको डिफेन्स गरेनन् आफ्नो मात्र सेवा सुविधा अनुकूल सहमति गरेका छन् । उनले शिक्षक महासंघ गृहमन्त्रीको चंगुलमा फसेको बताए ।