काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा हिंसा दिवसलाई प्राथमिकता दिएको दाबी गरेका छन् ।
सरकारको नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिन फागुन १ गते (जनयुद्ध दिवस) लाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर भएको भन्दै ओलीले आपत्ति जनाएका हुन्।
ओलीले सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको आरोप लगाए । ‘हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने हो र ? पीडितमाथि नुनचुक थपेर, घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? सरकारको ध्यान कता छ, हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ! थिएन नी। ’उनले भने,‘सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको छ। अपराधि जेलमा बस्नु पर्दैन, प्रोफेसरको ढाड खुस्कायो भने सरकार मुद्दा फिर्ता लिन्छ। राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ ।’