काठमाडौं । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
काँग्रेसले यही असोज ८ र ९ गतेका लागि संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।
यसैबीच कांग्रेसका केही सांसदले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउनुपर्ने बताउँदै आएका छन् ।
उनीहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउन सकिने बताउँदै आएका थिए ।




















