काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको वार्ता नेपाल शिक्षक महासंघले बहिस्कार गरेको छ । बुधबारबाट विद्यालय बन्द गरी आन्दोलनको कार्यक्रम घोषणा गरेपछि शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर आज दिउँसो ३ बजे वार्तामा आउन महासंघलाई अपिल गरे पनि शिक्षकहरुले वास्ता बहिस्कार गरी वार्तामा गएनन् ।
संसदमा शिक्षा सम्बन्धि विधेयक दर्ता भइसकेकाले शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने भएको वार्तामा नगएको शिक्षक महासंघको भनाई छ ।
शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी मन्त्रालयले आह्वान गरे पनि उनीहरू अनुपस्थित भएका हुन् ।