
काठमाडौँ । नेकपा एमालेबाट अलग्गिएर २०७८ भदौ ९ गते स्थापना भएको नेकपा एकीकृत समाजवादीले भदौ ९ गते दोस्रो स्थापना दिवस मनाएको थियो । सो पार्टीले आगामी माघमा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको छैटौं बैठकले माघ १४–१८ महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार जारी गरेको अपानिमा उल्लेख छ ।
‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ । अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ,’ पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ ।
महाधिवेशनको तयारीका लागि मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ ।

























