काठमाडौं । प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक दिन पछि सारिएको छ । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधन भएपछि भदौ २७ गते बोलाइएको बैठक २८ गतेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।
‘संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधबार दिनको १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले शोक प्रस्तावको प्रयोजनको लागि सभाको बैठक मिति २०८० साल भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।





















