काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले मर्माहित भएको बताएका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै सभामुख घिमिरेले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको उल्लेख गरेका छन् ।
सभामुख घिमिरेले भनेका छन् ‘प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।



















