विराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा आयोजना गर्ने भएको छ ।
सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने बताइएको छ ।
भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुनेछन् । मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देश सभा आयोजना गरिसकेको छ ।



















