विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास हुने बताएका छन् ।
मुख्यमन्त्री नियुक्त भएर सपथ लिएलगत्तै उनले पत्रकारसँग संक्षिप्त कुरा गर्दै कांग्रेस, एमालेसहितका दलहरु मिलेर सहमतिको सरकार बन्ने सम्भावना बलियो रहेको बताए। सबै दल मिलेर सहमतिको सरकार बनाउने पहिलो प्रयास हुने उनको भनाइ छ। यसअघिको प्रयास पूरा नभएको कार्की बताउँछन् ।
प्रदेश बनाउन कार्यकाल बाँड्ने सहमति नहुने उनको भनाइ छ । कार्कीले भने, ‘म मात्रै मुख्यमन्त्री बनिरहनुपर्छ भन्ने छैन। विश्वासको मत प्राप्त गर्ने प्रयास हुन्छ। हामीले विश्वासको मत पाउँछौं भन्ने विश्वास छ।’




















