विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुने भएका छन् ।
मुख्यमन्त्रीमा नियुक्तलगत्तै कार्कीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी सुरू गरेको हो।
मुख्यमन्त्रीले शपथ ग्रहणसँगै आजै दुईजना मन्त्री नियुक्त गर्ने तयारी छ ।
सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।




















