काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघीय निजामति सेवा ऐनको भुमिका महत्वपूर्ण हुने बताएकी छन् ।
शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले प्राविधिक कारणले संघीय निजामति सेवा ऐन आउन ढिलाइ भए पनि सरकारले मन्त्रीपरिषद्बाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै अब छिटै नै संसदबाट पारित भइ कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन् । उनले संघीय निजामति सेवा ऐन लागू भइसकेपछि संघीय निजामति सेवा मात्र नभइ प्रदेश र स्थानीय तहसम्मको धेरै अन्योलता पनि अन्त्य हुने बताइन् ।
मन्त्री साहले ऐन पारित गर्न सबैको सहयोग र अपेक्षा राखेको बताइन् ।




















