
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले भेट गरेकी छिन् ।
संसद्को प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पूर्वप्रधानमन्त्री ओलीसँग भेट गर्न शुक्रबार बिहान पति जिकेन्द्र श्रेष्ठसहित यमी बालकोट पुगेकी थिइन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी समेत रहेका यमीले बालकोटमा ओलीसँग समसामयिक विषयमा कुराकानी र छलफल भएको बताएकी छन् । तर उनले कुराकानीको विस्तृत विवरण भने खुलाएकी छैनन् ।
समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई आफैंले परिकल्पना गरेको समाजवादी मोर्चामा पनि सहभागी हुन नपाए पछि
पछिल्लो समय उनी पार्टीको देशव्यापी संगठन विस्तार अभियान चलाइरहेको छ ।
गत निर्वाचनमा माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिष्पर्धा गरेकी यमी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भइकी छिइन् । अहिले उनी बुवा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपामै सक्रिय छिन् । मानुषीको बालकोट भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।




















