काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा ऐन संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसाे बसेकाे मन्त्रिपरिषदकाे बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको हाे ।
बैठकले विधेयक पेश गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बैठकले निजामती सेवा दिवसका अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।
मन्त्री शर्माका अनुसार तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।




















