काठमाडौँ । कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सबै राजनीतिक दलहरू मिलेर कोशी प्रदेशमा सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
सर्वोच्चको परमादेशपछि विराटनगरमा रहेका कार्कीले बिहीबार राजनीतिक दलहरूबीचमा देखिएका अविश्वासका कुरा संवादबाट हल गर्नुपर्ने र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि सबै दलहरू मिल्नुपर्ने बताए ।




















