काठमाडौं । सर्वोच्च अदालतमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध परेको रिटमाथि बहस सकिएको छ। कोसी सरकारविरुद्ध परेको रिटमाथि जवाफी बहस सकिएकाले आजै फैसला आउने सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।
सर्वोच्च अदालतको पूर्णइजलासमा मुख्यमन्त्री थापाविरुद्ध परेको रिट निवेदनमा सोमबारबाट बहस सुरू भएको थियो। सोमबार रिटमाथि बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
मंगलबार विपक्षीको बहस सकिएको थियो। आज रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए। सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भएको हो ।




















