काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादवमाथिको सांघातिक आक्रमणप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि आक्रमणले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने अवस्था सृजना भएको हो ? भन्दै प्रश्न गरेका छन् । यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताए ।
साथै प्रमुख प्रतिपक्षी दल एमालेका सचेतक महेश बर्तौलाले पनि यादवमाथिको आक्रमणप्रति आपत्ति जनाए । उनले यस घटनाका विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।




















