काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।
प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखावासीको सेवामा समय दिन नसकेको भन्दै उनले उक्त जिम्मेवारी छाडेको उल्लेख गरेका छन् ।
संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्बिरसहित मंगलबार बिहानै सामाजिक सञ्जालमा काफ्लेले लेखेका छन्, “नेपाली कांग्रेस बाग्मती प्रदेश संसदिय दलको प्रमुख–सचेतकको भुमिकाबाट राजीनाम दिएको छु ।
गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पुर्ण माननीय र सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु । जय नेपाल !!”



















