काठमाडौं । एमाले सांसद विद्या भट्टराईले महङ्गीले नेपाल समाज आक्रान्त बनेपनि सरकारले कुनै चासो नदिएको बताएकी छिन । प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै उनले सरकारको स्पष्ट नीति नहुँदा मूल्यबृद्धि भएको, नापतौलमा ठगिनुपरेको, महङ्गीका कारण नेपाली समाजमा संकट उत्पन्न भएको जिकिर गरेका छन् ।
त्यस्तै रास्वपा सांसद हरि ढकालले क्रिकेट रंगशालामा लाइट हाल्न नसक्ने सरकारले मुख्यमन्त्रीका लागि भैसिपाटीमा आलिसान महल बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले अन्य देशमा खेलाडीहरुलाई राज्यले उचित पारिश्रमिक दिएपनि नेपालमा खेलाडीहरुले भोको पेट नेपालको इज्जत धानेको तर्क गरेका छन् ।


















