काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सुरु गरेका अभियान निष्कर्षमा पुग्न नसक्ने आशंका गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा केसीले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले एकपछि अर्को फाइल खोले पनि निष्कर्षमा नपुग्ने देखिएको बताएका छन् । उनले खोलिएका फाइलहरु टुंगोमा नपुग्ने र बीचमै तुहिनेखालको परिस्थितिले भष्टाचार गतिविधिहरूलाई नियन्त्रण हुन्छ भन्ने कुराको विश्वास हराएको जिकिर गरेका छन् ।
भ्रष्टाचारलाई सही ढंगबाट जरोसम्म पुगेर त्यसलाई निराकरण गर्न नसकेसम्म सुशासनको प्रत्याभूति हुन नसक्ने उनको भनाइ छ । सांसद केसीले मुलुकको टेलिकम क्षेत्रमा सुधार गर्न टेरामक्स प्रविधिको आवश्यकत्ता रहेको भन्दै यसकाले यस बारे अध्ययन सुरु गर्नुपर्ने बताए ।
टेरामक्सले अण्डर भ्वोइसिङ, नो बिलिङ, र त्यहाँभित्र हुने गोलमाल नियन्त्रण गर्न सक्ने भएकाले यसको प्रयोग गर्नुपर्ने भएपनि यसलाई भित्राउन नदिन ठूलो खेल भएको हुन सक्ने उनले बताए ।



















