काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको गुनासोको व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
आइतबार सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनको शुभारम्भ गर्दै प्रचण्डले सरकार र जनताबीचको आत्मिय सम्बन्धको विकास गर्नुपर्ने बताएका हुन्।
उनले ‘हेलो सरकार’ले सरकार र राज्यलाई लोकप्रिय बनाउने र लोकतन्त्रलाई सुढृढ बनाउने विश्वास व्यक्त गरे। यस कार्यक्रमले राज्यप्रति जनताको विश्वास बढ्ने उनको भनाई छ ।
जति प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने हो त्यो नभएको सुनेको बताउँदै उनले आफूले प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। जनतालाई राज्यसँग जोड्न हेलो सरकारले महत्वपूर्ण भूमिका हुने उनको दाबी छ।



















