विराटनगर । कोसी सरकारविरुद्धको रिटको अन्तिम सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको आइतबारको इजलासले रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले रिट निवेदनमा आज सुनुवाइ हुने भनिएकोमा पूर्ण इजलासमा लाने निर्णय भएको जानकारी दिए ।
यसअघि शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र माथेको इजलासमा पेशी तोकिए पनि हेर्न ‘नमिल्ने’मा राखिएपछि आजका लागि सुनुवाइ हुने भनिएको थियो ।
न्यायाधीश खतिवडाले प्राम्भिक सुनुवाइका क्रममा आफूले अन्तरिम आदेश दिइसकेकाले पूर्णसुनुवाइका लागि इजलासमा बस्न नमिल्ने बताएपछि शुक्रबार सुनुवाइ स्थगित भएको थियो ।




















