काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका हुन् ।
यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।
गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु-याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेगरी तयारी गरिएको माओवादीले जनाएको छ ।
सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे । अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ ।




















