काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमाथि ठूलो दबाब सिर्जना गरिएको बताएका छन् ।
भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने हुन् कि भन्ने विषयमा सरकारमाथि ठूलो प्रश्न तेर्स्याइएको उनको भनाइ छ।
समाजवादी मोर्चाको पोखरा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारीविरुद्धको अभियान सानो मनले सुरु नभएको प्रस्ट पारे ।
उनले आफ्नै मान्छे परे पनि कोसैलाई नछोड्न प्रहरीलाई निर्देशन दिएको बताए ।
उनले प्रतिवेदनमा नाम उल्लेख गरेर पक्राउ नगरी प्रहरीले नै आफूहरूको बदनाम गर्न खोजेको बताए । उनले राम्रो काम गर्दासमेत विपक्षी दलले आफूलाई बोल्ने मौका नदिएको आरोप लगाए ।



















