वीरेन्द्रनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी नेपालको हितमा नरहेको बताएका छन् ।
उनले एमसीसीले देशलाई युक्रेन बनाउने बताउँदै यसलाई नेपालले स्वीकार गर्न नहुने बताए ।
समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले अमेरिकाले अनुदानका नाममा नेपालमाथि हस्तक्षेप गर्न थालेको आरोप लगाए ।
एमसीसीविरूद्व आफूहरू सडकमा आइसकेको बताउँदै उनले यसलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए ।
धर्म र गैससका नाममा गाउँगाउँ पुगेर कम्युनिस्टहरूलाई सिध्याउने खेल भइरहेको उनको आरोप छ । उनले सरकार, सदन र सडकबाट लड्ने बेला आएको बताए ।
उनले पछिल्लो समय कम्युनिस्ट कार्यकर्ताहरू नै बढी भ्रष्टाचारमा लिप्त भएको बताए ।




















