काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज ४ गते मात्र बस्ने भएको छ । यसअघि असोज २ गतेका लागि बोलाइएको बैठक दुई दिन पर सरेको हो ।
असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको बताइएको छ ।
साउन १० गते केन्द्रीय समिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले असोज २ गतेका लागि बैठकको मिति तोकेका थिए ।
विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २/२ महिनामा बैठक बस्ने गरी तालिका प्रस्तुत गरेका थिए ।


















