काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएका छन् ।
माओवादीले सो समितिमा माधव सापकोटालाई पठाउने तयारी गरेको थियो । तर गठबन्धनको आग्रहमा सापकोटा ब्याक भएर
राप्रपाबाट मकवानपुरका सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ । सापकोटा राप्रपाका सिंहको समर्थक बस्ने भएका छन् ।
गठबन्धनले कोशीमा कांग्रेसका मुख्यमन्त्रीको पद जोगाउनको लागि सापकोटालाई फिर्ता बोलाएको चर्चा छ । तर, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले समितिको सभापतिसँग कुनै कुनै लेनदेन नगरिएको दाबी गरेका छन् ।



















