काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय मान्यता प्राप्त नभएको दलको नाममा आफूलाई छलफलमा नबोलाएको गुनासो गरेका छन् ।
शनिबार नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै सुनकाण्डको छानबिनमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर एसलाई बाइपास गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचन लड्दा जनताले झण्डै दुई तिहाई बहुमत दिए पनि नेकपा विघटन भएको बताए ।
नेपालले चुनावको बेला एकीकृत समाजवादीलाई गाह्रो भएकाले गठबन्धनमा गएको बताए ।
उनले पुरानो नेकपा ब्युँत्याउन पटक पटक प्रचण्डलाई ओलीसमक्ष पठाएको दाबी गरे । नेपालले कमजोरीबाट मुक्त रहेको मान्छे संसारमा कहिँ पनि नपाइने बताए। उनले मानिसका नराम्रा पक्ष र कमजोरी रहेमा सुधार गर्दै जानुपर्ने धारणा राखे। उनले शैली, त्रुटी र कमजोरीलाई हटाएर अगाडि बढ्नुपर्ने बताए ।



















