काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्न नसक्ने दावी गरेका छन् ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै नेता भुसालले कांग्रेसले संविधानलाई कार्यान्वयन गरेर मुलुकलाई निकास दिन नसक्ने दावी गरे।
उनले कांग्रेससँग गठबन्धनमा रहे पनि आफ्नो पार्टीको सिद्धान्त कांग्रेस नभएको बताए ।
गठबन्धन विशेष परिस्थितिमा बनेकाले यसको भविष्य समेत नभएको उनले जिकिर गरे ।
उनले केही शक्तिहरू आफ्ना र पार्टीका विरुद्धमा लागेर भाँड्न खोजेको आरोप लगाए।
उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको उदयपछि नेपाली राजनीतिमा विकृति, विसंगतिको परम्परा बस्दै गएको आरोप लगाए ।




















