काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। सिराहाको धनगढीमाई नगरपालिकामा भोलि (शनिबार) बस्ने भनिएको बैठक मौसम प्रतिकूलताका कारण स्थगित भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
‘नेकपा (एमाले) केन्द्रीय सचिवालयको २०८० भदौ ९ गते सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं. ४ मा आयोजित विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको व्यहोरा जानकारी गराइन्छ। तत्कालीन नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरिएको ऐतिहासिक स्थल सर्रे अम्बासमा हुने लागेको बैठकले त्यस क्षेत्रका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकमा ठूलो उत्साहको सञ्चार भएको थियो। अविरल वर्षा, बाढीका कारण बैठक स्थगन भएको व्यहोरा सबैमा सूचित गरिन्छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।



















