काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको प्रमुख दलहरुको बैठक सिंहदरवारमा सुरु भएको छ । सदन खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बोलाएका हुन । मंगलबारको बैठकमा एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष ओली सहभागी छन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मुख्य सचेतक रमेश लेखकलगायतका नेताहरु सहभागी छन् ।
आजको बैठकमा जसपा र रास्वपाका भने प्रमुख सचेतक मात्र सहभागी छन् । राप्रपाका बुद्धिमान तामाङ बैठकमा सहभागी छन् ।



















