काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।
मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । उनले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए । उनले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिरहेको आरोप लगाए ।
प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गरे ।



















